(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महाकालीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता 

मनोज बडू

दार्चुला — बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालामा महाकाली नदीमा बगेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान नदीमा नुहाउने क्रममा बगेर स्थानीय १४ वर्षीया रजनी चाडको मृत्यु भएको हो ।

रजनीसँगै महाकालीमा नुहाउन गएकी १२ वर्षीया अस्मिता चाड बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ । उनीहरु बिहान साढे ९ बजेतिर महाकालीमा पौडी खेल्न गएको बुझिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी रजनी मृत अवस्थामा फेला परेकी छन् भने अस्मिता अझै बेपत्ता रहेकी बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेले बताए ।

बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको उनले जनाए ।

प्रकाशित : असार ८, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?
x
×