(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सुदूरपश्चिममा वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटअन्तर्गतको वार्षिक कार्यक्रम पुस्तिका आधिकारिक रूपमा सार्वजनिक नगर्दै कार्यक्रम पुस्तिकाको ई–कपी बजारमा आएको भन्दै नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ । 

सुदूरपश्चिममा वार्षिक कार्यक्रम पुस्तिका बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रालयले आधिकारिक रूपमा वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक नगर्दै कार्यक्रम पुस्तिकाको पीडीएफ कपी बजारमा सार्वजनिक हुनु गलत भएको बताए । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस सम्बन्धमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

‘आधिकारिक रूपमा कार्यक्रम पुस्तिका सार्वजनिक नगर्नुमा पनि हाम्रो आपत्ति थियो । त्यसैमा अनधिकृत ढंगले पुस्तिकाको ईकपी बाहिरिएको छ,’ संसदीय दलका नेता शाहले भने ‘के भएको हो भन्ने कुराको सत्यतथ्य सार्वजनिक होस् । छानबिन समिति गठन गर्नुपर्छ ।’

यस सम्बन्धमा बुझ्न खोज्दा आर्थिक मामिला मन्त्रालयका सचिव कमानसिंह खत्रीले फोन उठाएनन् । प्रमुख सचिव डा. हरि लम्सालले आर्थिक मामिला मन्त्रालयका सचिव खत्री काठमाण्डौंमा भएकाले आफूले आवश्यक बुझिरहेको बताए ।


प्रकाशित : असार ११, २०८१ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?
x
×