(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध
लक्ष्मी गौतम

पाँचथर — पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो ।

वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ भवन र फाक्लुङका स्थानीयलाई सिरान गाउँका स्थानीयको घरमा सारिएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षात्‌का कारण ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजा लगायतका स्थान जोखिममा परेका छन् । ‘ठाउँ ठाउँमा पहिरो गएको छ, दर्जनौं स्थानमा बाटोघाटो र खानेपानी पाइपलाइनमा क्षति पुगेको छ,’ राईले भने ।

यसैबीच मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम फलैंचा खण्डमा पर्ने रिजाल भीरमा आइतबार बिहान पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । रिजाल भीरमा ठूलो पहिरो गएकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनायो ।

प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीका अनुसार दिउँसो पहिरो पन्छाउन पठाइएका उपकरण वर्षाका कारण बाटोमै रोकिएका छन् ।

प्रकाशित : असार २, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?