(Go: >> BACK << -|- >> HOME <<)

२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५
प्रेसविरुद्ध राज्य प्रतिशोध

दक्षिण एसियामै वाक् स्वतन्त्रताको नमुना नेपालमा 'मन्त्रीबारे समाचार लेखेकै कारण' पक्राउ : न्युयोर्क टाइम्स

जेष्ठ २१, २०८१

अमेरिकी अखबार न्युयोर्क टाइम्सले दक्षिण एसियामै वाक स्वतन्त्रताका लागि नमुना रहेको नेपालमा मन्त्रीबारे समाचार लेखेकै कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुले नेप...

‘पहिले उनीहरू मिडियाका लागि आए, म बोलिनँ’

पादरी मार्टिन निमोलर (सन् १८९२–१९८४) जर्मनीमा ‘गड कम्प्लेक्स’ शासकका ज्यादतीको दर्शक, भुक्तभोगी र साक्षी थिए । देउता भएको मनोविकार भएको व्यक्तिमा आफ्नो क्षमता, योग्यता एवं प्रभावमा अतिशय विश्वास हुन्छ । हिटलरको दैविक व्यक्तित्वबाट चमत्कृत भएर पहिले निमोलर नाजीहरूको ‘राष्ट्रिय समाजवाद’ प्रस्तावनाका पक्षधर भए । हुन पनि ‘राष्ट्रिय समाजवाद’ जस्तो निरापद पदावलीले कसलाई लट्ठ्याउँदैन र तर सचेत व्यक्ति आफ्नो परिस्थितिको अवलोकन गर्छ, आकलन गर्छ, गम खान्छ र अत्याचार देखेर नदेखेको जस्तो गर्न सक्दैन ।

अध्यक्ष सिरोहियालाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइयो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

अनुसन्धानलाई शीघ्रता दिन अदालतको आदेश

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न आदेश दिँदै अदालतले अनुसन्धानलाई शीघ्रता दिन आदेश दिएको छ । तर, जसरी पनि पक्राउ गर्ने योजना साथ धनुषा सरुवा गरिएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले योजनाबद्ध ढिलाइ गरिरहेका छन् । 

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको छ। 

सडकबाट पनि कांग्रेसको माग : सहकारी बचत अपचलन र दोहोरो राहदानीमा गृहमन्त्रीमाथि छानबिन गर

सहकारी ठगी गर्नेलाई बचाउन सिंगो सत्ता गठबन्धन नै लागेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबार राजधानीमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत अपचलन र ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न भएको तथ्य सार्वजनिक हुँदा पनि उनलाई छानबिनको दायरामा ल्याउनुको साटो सञ्चारमाध्यमकै मुख थुन्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै कांग्रेसले लामिछानेमाथि पनि दुई देशको राहदानी लिएको कसुरमा छानबिन हुनुपर्ने माग उठाएको छ । 

‘स्वतन्त्र प्रेसलाई तर्साउन सिरोहियामाथि धरपकड’

कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई नागरिकतामा देखिएको विवादका कारण पक्राउ गरी हिरासतमा राख्नु दुराशयपूर्ण सिवाय केही नभएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका छन् ।

एसियाली मानवअधिकार आयोगद्वारा सिरोहियाको रिहाइ माग

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी मिडियाप्रतिको प्रतिशोध भएको एसियन ह्युमन राइट्स कमिसन (एसियाली मानवअधिकार आयोग) ले ठहर गरेको छ । सरकारले शक्तिको दुरुपयोग गर्दै पक्राउ गरेको भन्दै आयोगले अध्यक्ष सिरोहियाको रिहाइको माग गरेको छ । 

सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा नागरिकता जारी गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीसँग जानकारी लिनुको सट्टा गृहमन्त्री रवि लामिछानेले सिरोहियाको नागरिकता किर्ते भन्दै हल्ला फैलाएर पक्राउ गराएका हुन् ।

जनकपुरमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरिएको छ । 

कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई प्रश्न : कान्तिपुर अध्यक्षलाई किन पक्राउ गरेको ?

कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रहपूर्ण ढंगले किन पक्राउ गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका छन् ।

४ दिनदेखि हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । 

पत्रकारका लागि खतरनाक चेतावनी : आग्नेस कालामार महासचिव, एम्नेस्टी इन्टरनेसनल

नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् । 

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई अनुमति दिएको छ । 

बालुवाटार बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- 'कैलाश सिरोहियामाथि धरपकड किन?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।

कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत : महासचिव आग्नेस कालामार

एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् । 

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा सर्वत्र आलोचना भइरहेका बेला जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

'पक्राउको होइन प्रवृत्तिको विरोध गरेका हौं’ : अधिवक्ता रावल

डेमोक्रेटिक लयर्स एसोसियसनकी पूर्वमहासचिव एवम् अधिवक्ता लक्ष्मी रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्ण रूपमा शक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको हो भन्नेमा कुनै दुईमत नरहेको बताएकी छन् ।

सिरोहियालाई थुनेरै अनुसन्धान गर्नुपर्ने बाध्यता छैन : पूर्वन्यायाधीश केसी

सहकारी ठगीमा गृहमन्त्रीकै संलग्नता रहेको श्रृंखलाबद्ध समाचार लेखेपछि त्यसैको प्रतिशोध स्वरुप पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले नागरिकतासम्बन्धी उजुरीको आधारमा धनुषा प्रहरीको हिरासतमा छन् । गत बुधबार अदालतले म्याद थपेर अनुसन्धानका लागि तीन दिनको समय दिएको थियो ।