(Go: >> BACK << -|- >> HOME <<)

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वीरेन्द्रनगरको बजेट ३ अर्ब ५९ करोड रुपैयाँ

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १५औं नगर सभामा उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका लागि ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँको बजेट सार्वजनिक गरे ।

वीरेन्द्रनगरको बजेट ३ अर्ब ५९ करोड रुपैयाँ

वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पतालको लागि ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।कृषि विकासमा ५६ लाख ५० हजार, पशुपन्छी विकासमा ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गमा १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापनमा २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा २ करोड १७ लाख ४५ हजार र नगरस्तरीय विविध पूर्वाधार विकासमा २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेशको राजधानीको अस्तित्वलाई विशेष ध्यान दिँदै सहरी सौन्दर्यताका पूर्वाधारहरूलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङस्थल निर्माणका लागि ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।

प्रकाशित : असार १०, २०८१ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?
x
×