(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

कपिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कपिल मुनि

कपिल सांख्य दर्शनका प्रणेता र भगवान विष्णुको २४ अवतार मध्ये पाचौ अवतार पनि मानिन्छन उनी कर्दम ऋषिका पुत्र तथा माता देवहुतीका पुत्र थिए । उनले आमा देवहुतीलाई सांख्य शास्त्रको उपदेश दिएका थिए जो श्रीमदभागवतको तेस्रो स्कंधमा विशद वर्णन मिल्छ । उनको समय र जन्मस्थानको बारेमा निश्चय गर्न सकिँदैन। पुराण तथा महाभारतमा कपिललाई उल्लेख गरिएको छ। भनिन्छ कि, प्रत्येक कल्पको आदिमा एक कपिल जन्मनु हुन्छ। जन्मने बेलामा नै सबै सिद्धि प्राप्त भएकाले इनलाई आदिसिद्ध र आदिविद्वान्‌ भनिन्छ। इनको शिष्य कोई आसुरि नामक वंशमा उत्पन्न वर्षसहस्रयाजी श्रोत्रिय ब्राह्मण भनिएको छ। परम्परा अनुसार उक्त आसुरिको निर्माणचित्तमा अधिष्ठित भएर तत्वज्ञानको उपदेश दिनुभएको छ। निर्माणचित्तको अर्थ हुन्छ, सिद्धिको द्वारा आफ्नो चित्तको स्वेच्छामा निर्मित गर्नु। महाभारतमा कपिललाई सांख्यको वक्ता भनिएको छ। इनको अग्निको अवतार र ब्रह्माको मानसपुत्र पनि पुराणमा भनिएको छ ।श्रीमद्भगवतको अनुसार कपिल विष्णुको पंचम अवतार मानिएको छ। कर्दम र देवहूति बाट इनको उत्पत्ति भएको मानिएको छ। कपिलले आफ्नी माता देवहूतिलाई सांख्यज्ञानको उपदेश दिएका छन् जसको विशद वर्णन श्रीमद्भगवतको तेस्रो स्कन्धमा छ।

जीवनी[सम्पादन गर्नुहोस्]

सांख्य शास्त्रको सामान्य व्याख्या[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]