(Go: >> BACK << -|- >> HOME <<)

सामग्रीमा जानुहोस्

मोहनराज मल्ल

विकिपिडिया बठेइ

कैलालीका पुराना राजनीतिज्ञ ६८ बर्षिय मोहनराज मल्ल प्रदेश नम्वर ७ का प्रमुख बनेका छन ।

मोहनराज मल्ल

चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका राष्ट्रिय पञ्चायतका पूर्व सांसद मल्ल नेपाली का“ग्रेसका महासमिति सदस्य हुन् । उनी २०३७–२०४६ सम्म राष्ट्रिय पंचायत सदस्य भएका थिए । २१ बर्षको उमेरबाटै राजनीतिमा होमिएका मल्लले २०२८ सालमा कैलालीकै तल्लो डोटी बोगटान पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुली सकेका छन । नैतिकता र आदर्शको राजनीति गर्ने नेताकारुपमा परिचित मल्ल पञ्चायतीशासन कालमा पनि कुनै विवादमा नमुछिएका निस्कलंक राजनीतिज्ञ हुन । पञ्चायत र पछिल्लो पटक राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनीनगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुन । उनले स्तात्तोकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले बिद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन ।

घुमेका देश

मल्लले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, मेक्सीको, क्युवा, फिनल्याण्ड, जापान, उत्तरकोरिया, साईप्रस, संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हंगेरी, पोलेण्ड, बुल्गेरिया र स्विजरल्याण्ड लगायतका मुलुकको पनि भ्रमण गरिसकेका छन । प्रजातन्त्रप्राप्तीपछिका ०४८, ०५१, ०५६ र ०६४ मा राप्रपाबाट चुनाव लडेका मल्लले सँधै दोस्रो मत प्राप्त गर्ने गरेका थिए । ०७० र ०७४ को चुनाव पनि लड्न खोजेका मल्ललाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पछि केही गरौला अहिले चुनाव नलड्नुस भन्ने अनुरोध गरेको चर्चा चुनाबताका नै चलेको थियो । प्रदेश प्रमुख नियुक्तीसंगै प्रदेश सभा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने, समानुपातिकतर्फको मतगणना परिणाम घोषणा लगायतका प्रक्रिया अघि बढ्ने भएको छ ।

यो लै हेर

सन्दर्भ सामग्रीअन