वाग्नर समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
PMC Wagner Center logo

वाग्नर समूह रुसको एक निजी सैन्य कम्पनी हो। यस कम्पनीले युक्रेन विरुद्ध युद्ध लड्नका लागि रुसलाई सैन्य बल उपलब्ध गराउँदै आएको छ।[१]रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट पूर्व सहयोगी यभगेनी प्रिगोजिन यस समूहका प्रमुख हुन्। सरुमा निजी सेना राख्न नपाइने कानुन भए पनि यो समूह गैरकानुनी रुपमै पनि अस्तित्वमा छ र सरकारले नै यसबाट सहयोग लिइरहेको छ। रुसी सेनाबाटै उसले हतियार तथा अन्य सैन्य उपकरण र तालिम प्राप्त गरिरहेको छ।[२] यो कुनै स्वतन्त्र विचारबाट निर्देशित छैन। सुडान, माली, केन्द्रीय अफ्रिकी गणतन्त्र, भेनेजुएला, सिरियालिबियामा पनि यस समूहको उपस्थिति छ। सन् २०२३ जुन २३ मा वाग्नर समूहले रुसी सेनाविरुद्ध विद्रोहको प्रयास गरेको थियो।

सन्दर्भ सामग्रीहरू