(Go: >> BACK << -|- >> HOME <<)

महानगरको १५ सहरसँग भगिनी सम्बन्ध

महानगरको १५ सहरसँग भगिनी सम्बन्ध

काठमाडौं : काठमाडौं महानगरपालिकाले १५ वटा अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध स्थापित गरेको छ। अमेरिकाको युजेन, रोचेस्टर, फ्रेडरिकबर्ग गरी तीन सहर, जापानको मात्सुमोतो, बेलारुसको मिन्स्क, बर्माको यांगुन, उत्तर कोरियाको पेङ्वाङ्, दक्षिण कोरियाको सोल, भारतको वाराणसी र चीनको सियान्, ल्हासा, सेन्जेन, लाउन्ज, चेङ्दुसहित ४ गरी जम्मा १५ सहरसँग महानगरले भगिनी सम्बन्ध स्थापना गरेको छ।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार थाइल्यान्डको बैंकक, चीनको नानजिङ्, पाकिस्तानको इस्लामाबादलगायत सहर अहिले सम्बन्ध स्थापनाको प्रक्रियामा छन्। अन्तर्राष्ट्रिय सहरसँग यसरी मैत्रीपूर्ण सम्बन्ध राख्दा ती सहरमा नेपालको पहिचान बढ्ने उनी बताउँछन्। ‘सहरसँग सम्बन्ध कायम गर्दा हाम्रो पहिचान बढ्छ,’ उनले भने, ‘हाम्रो संस्कृतिबारे जानकारी हुन्छ, पर्यटन समेत बढ्छ। हामीले सम्बन्ध राखेपछि यस वर्ष चीनका विभिन्न सहरबाट चिनियाँ पर्यटक नेपाल आउँदैछन्। यो भगिनी सम्बन्धले गरेको राम्रो काम हो।’

महानगरले आगामी ५ वर्षमा थप १० सहरसँग सम्बन्ध राख्ने उनले बताए। यसरी सम्बन्ध कायम राख्न अन्तर्राष्ट्रिय मान्यता अनुरूप स्वागत तथा आतिथ्यका विभिन्न कार्यक्रम गर्ने महानगरको लक्ष्य छ। नयाँ सहरसँग सम्बन्ध कायम गर्न र २० औपचारिक भ्रमण गर्नलगायतका लागि १ करोड रकम छुट्याएको थियो। गत वर्षका कार्यक्रममा भएको खर्चको हिसाब भने विभागसँग छैन। खर्चको हिसाब आइनसकेको उनले बताए। ‘खर्च रकमको हिसाब वित्त शाखाबाट आएको छैन,’ उनले भने, ‘अहिले यति नै खर्च भयो भन्न सकिने अवस्था भएन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.