काठमाडौँ महानगरपालिका र खाँदाबारी नगरपालिकाबीच भगिनी सम्बन्धका बारेमा छलफल

12

काठमाडौँ । काठमाडौं महानगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्नका लागि प्रारम्भिक छलफल शुरू भएको छ ।
दुई पालिकाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै आगामी दिनमा सेवा प्रवाह, फोहोरमैला व्यवस्थापन, सुशासन, विकास निर्माण लगायतका विषयमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध कायम गर्न खाँदबारी नगरपालिकाले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको हो ।
शुक्रबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र खाँदाबारी नगरपालिका प्रमुख महेश थपलियाबीच भएको भगिनी सम्बन्ध कायम गर्ने विषयमा सौहार्दपूर्ण छलफलमा भएको खाँदाबारी नगरपालिका प्रमुख थपलियाले जानकारी दिनुभयो । शुक्रबार भएको छलफल प्रारम्भिक भएको र आगामी दिनमा थप छलफव गर्ने आपसी समझदारी भएको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
उहाँका अनुसार भगिनी सम्बन्ध स्थापित भएपछि संघीय राजधानी काठमाडौंँ महानगरपालिका र पहाडी क्षेत्रको नगरपालिका खाँदबारीबीच योजना र कार्यक्रम आदान गरिनेछ । उहाँले भन्नुभयो “भगिनी सम्बन्ध राष्ट्रिय स्तरका पालिकाबीच र अन्तर्राष्ट्रिय स्तरमा समेत हुँदै आएकाले खाँदबारीले दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरेको हो ।” सो कार्यक्रम खाँदबारीका नगर प्रमुख थपलियाले महानगरपालिका प्रमुख शाहलाई खाँदबारी नगरपालिका भ्रमण गर्नका लागि निमन्त्रणा प्रदान गर्नुभएको छ ।
यसबैची काठमाडौँ महानगरपालिका प्रमुख शाह र खाँदबारीका प्रमुख थपलियाले पशुपति क्षेत्रमा ९ गते सोमबार ४०० वटा रुद्राक्षको बिरुवा संयुक्त रुपमा बृक्षारोपण गर्ने योजना रहेको छ । उक्त वृक्षारोपणका लागि खाँदबारी नगरपालिकाले रुद्राक्षको बिरुवा उपलब्ध गराएको र महानगरपालिकाले बृक्षारोपण कार्यक्रमको व्यववस्थापन गर्ने कार्यक्रम रहेको छ ।